अस्ट्रेलियन ओपन

बेन्सिचलाई हराउँदै अनिसिमोभा तेस्रो चरणमा

मेलर्बन । विश्व वरियताको २२औं स्थानकी बेलिन्डा बेन्सिकलाई हराउँदै बुधबार वरियताको ६०औं स्थानकी अमान्डा अमिसमोभा अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेकी छन् ।

मेलर्बन पार्कमा भएको दोस्रो चरणको खेलमा अनिसिमोभाले बेन्सिकमाथि ६–२ ७–५ को सोझो सेटमा जित निकालिन् ।

२०१९ देखि अस्ट्रेलियन ओपन खेल्न सुरू गरेकी अमिसओभा पहिलो खेलमा चौथो चरणसम्म पुगेकी थिइन् । त्यसपछि २०२० मा पहिलो चरणबाटै बाहिरिइन् ।

बेन्सिकले २०१४ देखि अस्ट्रेलियन ओपनमा प्रतिस्पर्धा गर्दै आएकी छन् । पहिलो खेलमा दोस्रो चरणबाटै बाहिरिएकी बेन्सिक गत वर्ष तेस्रो चरणसम्म पुगेकी थिइन् ।

अमिसमोभाले तेस्रो चरणमा वरियताको १४औं स्थानकी नाओमी ओसाका र ५४औं स्थानकी म्याडिसन ब्रेन्गलबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् ।