अस्ट्रेलियन ओपन: बडोसा तेस्रो चरणमा

मेलर्बन । विश्व वरियताको छैंटौ स्थानकी पौला बडोसाले बुधबार एक सय ११औं स्थानकी मार्टिना ट्रेभिसनलाई ६–० ६–३ को सोझो सेटमा हराउँदै अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेकी छन् ।

बडोसाले सन् २०१९ यता अस्ट्रेलियन ओपन खेल्दै आएकी छन् । पहिलो संस्करणमा पहिलो चरणबाटै बाहिरिएकी बडोसा २०२० मा दोस्रो चरण र २०२१ मा पहिलो चरणबाटै बाहिरिनु परेको थियो ।

तेस्रो चरणको खेलमा बडोसाले वरियताको ६६औं स्थानकी मार्टा कोस्ट्युकसँग खेल्नेछिन् । २०१८ मा पहिलो पटक अस्ट्रेलियन ओपन खेलेकी कोस्ट्युक तेस्रो चरणमा र गत वर्ष पहिलो चरणबाटै बाहिरिएकी थिइन् ।

कोस्ट्युकले दोस्रो चरणमा वरियताको ३५औं स्थानकी सारा सोरिबेस टोर्माेलाई ७–६ (७–५) ६–३ मा हराएकी थिइन् ।