अस्ट्रेलियन ओपन

तेस्रो चरणमा किज र वाङ प्रतिस्पर्धा गर्ने

मेलर्बन । विश्व वरियताको ५१औं स्थानकी म्याडिसन किज र ११०औं स्थानकी छाङ वाङ अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

बुधबार मेलर्बन पार्कमा भएको खेलमा किजले दोस्रो चरणमा विश्व वरियताको ६९औं स्थानकी ज्याकलिन क्रिस्टियनलाई ६–२ ७–५ मा पराजित गरेकी थिइन् ।

यसअघि पहिलो चरणको खेलमा किजले वरियताको १३औं स्थानकी सोफिया केनिनलाई ७–६ (७–२) (७–५) को सोझो सेटमा हराएकी थिइन् । केनिन २०२० को अस्ट्रेलियन ओपनकी च्याम्पियन हुन् ।

यस्तै, वाङले बुधबारै भएको दोस्रो चरणमा वरियताको ५५औं स्थानकी एलिसन भान युभान्कलाई २–६ ७–६ (७–५) ६–३ लाई हराउँदै तेस्रो चरणमा स्थान पक्का गरेकी हुन् ।

उनले यसअघि पहिलो चरणको खेलमा वरियताको १६औं स्थानकी कोको गौंफलाई ६–४ ६–२ को सोझो सेटमा पराजित गरेकी थिइन् ।

वाङले २०१५ देखि अस्ट्रे्लियन ओपन खेल्दै आएकी छिन् । गत वर्ष उनी पहिलो चरणबाटै बाहिरिएकी थिइन् । किज २०२० मा तेस्रो चरणबाटै बाहिरिएकी थिइन् । त्यसअघि उनी २०१५ मा पहिलो पटक सेमिफाइनलसम्म पुगेकी छन् ।