अस्ट्रेलियन ओपन

अस्ट्रेलियन ओपन: दोस्रो चरणमा मेडभेडेभ र क्रिगियोस खेल्ने

मेलर्बन । निक किर्गियोसले अस्ट्रेलियन ओपनको दोस्रो चरणको खेलमा विश्व वरियताको दोस्रो स्थानका ड्यानिअल मेडभेडेवसँगको भेट पक्का गरेका छन् ।  मंगलबार विश्व वरियताका एक सय १४औं स्थानका निक क्रिगियोसले एक सय २७औं स्थानका लियम ब्रोडीलाई ६–४ ६–४ ६–३ को सेटमा पराजित गर्दै दोस्रो चरणमा पुगेका हुन् ।

मेलर्बन पार्कमा जारी खेलमा ब्रोडीले पहिलो पटक सहभागिता जनाएका हुन् । उनले क्वालिफायर खेलेर सिधै अस्ट्रेलियन ओपनमा आएका थिए ।

क्रिगियोसले सन् २०१४ देखि अस्ट्रेलियन ओपनमा प्रतिस्पर्धा गरिरहेका छन् । पहिलो खेलमा दोस्रो चरणबाटै बाहिरिएका पछि क्रिगियोस २०१५ मा क्वार्टरफाइनलसम्म पुगेका छन् । त्यसयता उनले राम्रो नतिजा निकाल्न सकेका छैनन् ।

मेडभेडेव २०१७ मा पहिलो चरणबाटै बाहिरिए पनि २०१८ मा दोस्रो चरण, २०१९ र २०२० मा चौथो चरण तथा २०२१ मा फाइनलसम्म पुगेका छन् । उनी २०२१ का युएस ओपनको च्याम्पियन समेत हुन् ।