अस्ट्रेलियन ओपन

विश्व नम्बर दुई मेड्भेडेभ दोस्रो चरणमा

मेलबर्न । विश्व वरियताको दोस्रो स्थानमा ड्यानियल मेड्भेडेभ वर्षको पहिलो ग्रान्डस्लाम– अस्ट्रेलियन ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

बुधबार मेलबर्न पार्कमा भएको पहिलो चरणको खेलमा स्वीटजरल्यान्डका हेनरी लाक्सोनेनलाई ६–१ ६–४ ७–६ (७–३)को सोझो सेटमा पराजित गर्दै मेड्भेडेभले दोस्रो चरणको यात्रा तय गरेका हुन् ।

गत सिजनका फाइनलिस्टसमेत रहेका मेड्भेडेभले तेस्रो चरण प्रवेशका लागि अस्ट्रेलियाकै निक क्रिगियोससँग खेल्ने छन् । क्रिगियोस बुधबार नै पहिलो चरणमा लियाम ब्रोडीलाई ६–४ ६–४ ६–३ को नतिजामा पराजित गर्दै दोस्रो चरणमा आइपुगको हुन् ।

गत वर्ष युएस ओपन च्याम्पिन बनेका मेड्भेडेभ वर्षको पहिलो ग्रान्डस्लाममा सन् २०१८ यता कम्तिमा चौथो चरणसम्म पुगेका छन् ।