अस्ट्रेलियन ओपन

स्यान्डर्स चौथो पटक अस्ट्रेलियन ओपनको पहिलो चरणबाटै बाहिरिइन्

मेलर्बन । विश्व वरियताकी दोस्रो नम्बरकी खेलाडी अरिना साम्बलेन्कासँग पराजित भएसँगै मंगलबार चौथो पटक स्ट्रोम स्यान्डर्स अस्ट्रेलियन ओपनमा पहिलो चरणबाटै बाहिरिएकी छिन् ।

मेलबर्न पार्कमा जारी खेलमा साम्बलेन्का विश्व वरियतामा एक सय ३५औं स्थानमा रहेकी स्यान्डर्सलाई ५–७ ५–३ ६–२ को सेटमा हराइन् ।

२०१४ देखि अस्ट्रेलियन ओपन खेल्न सुरू गरेकी स्यान्डर्स २०१५ र २०१६ मा पनि पहिलो चरणबाटै बाहिरिएकी थिइन् ।

साबालेन्काले २०१८ देखि अस्ट्रेलियन ओपन खेल्न सुरू गरेकी थिइन् । पहिलो खेलमा पहिलो चरणबाटै बाहिरिएकी साबलेन्का त्यसपछि लगातार २०१९ मा तेस्रो चरण, २०२० मा पहिलो चरण र २०२१ मा चौथो चरणसम्म पुगेकी छिन् ।

स्यान्डर्सले दोस्रो चरणको खेलमा चीनकी विश्व वरियतामा १०३औं स्थानकी सिन्यु वाङसँग खेल्नेछिन् । वाङ २०१८ को पहिलो सहभागितामा पहिलो चरणबाटै बाहिरिएकी थिइन् । उनको यो दोस्रो सहभागिता हो ।