अस्ट्रेलियन ओपन

क्रिगियोस अस्ट्रेलियन ओपनको दोस्रो चरणमा

मेलबर्न । निक क्रिगियोस घरेलु कोर्टमा जारी अस्ट्रेलियन ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन् । मंगलबार मेलबर्न पार्कमा भएको पहिलो चरणको खेलमा लियाम ब्रोडीलाई ६–४ ६–४ ६–३ को सोझो सेटमा पराजित गर्दै २६ वर्षे क्रिगियोस दोस्रो चरणमा पुगेका हुन् ।

गत सिजन तेस्रो चरणसम्म पुगेर बाहिरिएका क्रिगियोस सन् २०१५ मा क्वार्टरफाइनलसम्म पुगेका थिए । त्यसयता भने उनले चौथो चरण पार गर्न सकेका छैनन् ।

सहज जितसहित दोस्रो चरणमा पुगेका क्रिगियोसले तेस्रो चरण प्रवेशका लागि रुसी खेलाडी ड्यानियल मेड्भेडेभसँग खेल्ने छन् । मेड्भेडेभ स्वीटजरल्यान्डका हेनरी लाक्सोनेनलाई ६–१ ६–४ ७–६ (७–३) को नतिजामा पराजित गर्दै तेस्रो चरणमा पुगेका हुन् ।