अस्ट्रेलियन ओपन

अस्ट्रलियन ओपन: मुगुरूजा दोस्रो चरणमा

मेलबर्न । विश्व नम्बर तीन गार्बिन मुगुरूजाले क्लारा बुरोललाई ६–३, ६–४ मा पराजित गर्दै मंगलबार अस्ट्रेलियन ओपनको दोस्रो चरणमा स्थान बनाएकी छन् ।

स्पेनिस खेलाडी मुगुरूजाले दोस्रो चरणको खेलमा बिहीबार विश्व वरियताको ६२औं स्थानकी एलिज कर्नेटसँग खेल्नेछिन् । सन् २०१९देखि अस्ट्रेलियन ओपन खेल्न सुरू गरेकी बुरोल गत वर्ष पनि पहिलो चरणबाटै बाहिरिएकी थिइन् । बुरोल विश्व वरियताको ७८औं स्थानमा छिन् ।

मंगलबारै भएको खेलमा कर्नेटले एक सय १९औं स्थानकी भिक्टोरिया टोमोभालाई पराजित गर्दै दोस्रो चरणमा पुगेकी हुन् ।  

सन् २०१६ मा फ्रेन्च ओपन र २०१७ मा विम्बल्डनको च्याम्पियन बनिसकेकी मुगुरूजाले अहिलेसम्म अस्ट्रेलियन ओपन भने जित्न सकेकी छैनन् । २०२० मा अस्ट्रेलियन ओपनको फाइनलमा पुगे यता मुगुरूजा गत वर्ष चौंथो चरणबाटै बाहिरिइन् ।