अस्ट्रेलियन ओपन

कर्नेट अस्ट्रेलियन ओपनको दोस्रो चरणमा

मेलबर्न । भिक्टोरिया टोमोवालाई ६–३, ६–३ को नतिजामा पराजित गर्दै मंगलबार एलिज कर्नेट अस्ट्रेलियन ओपनको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

विश्व वरियताको ६२औं नम्बरकी कर्नेट लगातार तेस्रो पटक अस्ट्रेलियन ओपनको दोस्रो चरणबाटै बाहिरिएकी हुन् । सिङगल्सतर्फ मात्र ६ उपाधि जितेकी कर्नेटले अहिलेसम्म ग्रान्ड स्लाम जितेकी छैनन् ।

मंगलबार कर्नेटसँग पराजित भएकी भिक्टोरिया विश्व वरियताको एक सय १९औं स्थानमा छिन् ।

कर्नेटले दोस्रो चरणको खेलमा विश्व वरियताको तीन नम्बरकी स्पेनिस खेलाडी गार्बिन मुगुरूजासँग प्रतिस्पर्धा गर्नेछिन् । २०२० मा फाइनलसम्म पुगेकी मुगुरूजाले गत वर्ष चौंथो चरणबाटै बाहिरिनु परेको थियो ।  

उनले पहिलोपटक २०१६ मा फ्रेन्च ओपनको उपाधि जितेकी थिइन् । यस्तै, २०१७ मा मुगुरूजा विम्बल्डनको च्याम्पियन बनेकी थिइन् ।