अस्ट्रेलियन ओपन

भिटोभाको यात्रा पहिलो चरणमा सीमित

सिड्नी । पेट्रा भिटोभा मंगलबार अस्ट्रेलियन ओपनको पहिलो चरणबाटै बाहिरिएकी छिन् ।

सन् २०१९ की फाइनलिस्ट २० औं वरियताकी भिटोभा रोमानियाकी सोराना क्रिस्टीसँग ६-२ ६-२ को सोझो सेटमा पराजित भइन् । गत संस्करणमा भने भिटोभा सोरानासँग दोस्रो चरणमा पराजित भएकी थिइन् । 

भिटोभा ग्रान्ड स्लामको पहिलो चरणबाटै बाहिरिएको यो ११ औं पटक हो । भिटोभा अस्ट्रेलियन ओपनको पहिलो चरणबाट बाहिरिएको भने यो चौथो पटक हो ।

सोरोनाले दोस्रो चरणमा मिसाकी डियो र क्रिस्टना कुकोभाबीचको विजेतासँग प्रतिस्पर्धा  गर्नेछिन् ।