अलेक्जेन्डर जेरेभ

जेरेभ अस्ट्रेलियन ओपनको दोस्रो चरणमा

मेलबर्न । आफ्नै देशका ड्यानियल अल्टमेयरविरुद्ध ७–६ (७–३) ६–१ ७–६ (७–१) को कठिन जित निकाल्दै विश्व नम्बर तीन अलेक्जेन्डर जेरेभ अस्ट्रेलियन ओपनको दोस्रो चरणमा पुगेका छन् । 

सोमबारदेखि सुरु भएको वर्षको पहिलो ग्रान्डस्लामको पहिलो खेलमा तुलनात्मकरूपमा सहज प्रतिद्वन्द्वी मानिए पनि अल्टमेयरले जेरेभलाई कठिन चुनौती दिए ।

पहिलो सेटको टाई ब्रेकरसम्म पुगेका अल्टमेयरले दोस्रो सेट सहजै जेरेभलाई सुम्पिएका थिए । यद्यपि, तेस्रो सेटमा पटक–पटक म्याच पोइन्टमा पुगेका जेरेभलाई रोक्दै अल्टमेयर पुनः ट्राइबेकरमा पुगे ।

 यद्यपि, अनुभवी जेरेभसामु सम्हालिन नसक्दा पहिलो पटक अस्ट्रेलियन ओपन खेल्न मेलबर्न पुगेका अल्टमेयर पहिलो चरणबाटै घर फर्किनु पर्यो ।

जितसँगै दोस्रो चरणका पुगेका जेरेभले तेस्रो चरण प्रवेशका लागि अस्ट्रेलियाकै जोन मिलम्यानसँग प्रतिस्पर्धा गर्नेछन् ।