अस्ट्रेलियन ओपन

अस्ट्रेलियन ओपनको पहिलो चरणबाटै बाहिरिइन् गौफ

मेलर्बन । युवा टेनिस स्टार कोको गौफ अस्ट्रेलियन ओपनको पहिलो चरणबाटै बाहिरिएकी छिन् ।

मेलबर्न पार्कमा सोमबार सम्पन्न खेलमा अमेरिकी युवा स्टार गौफ चीन छ्यङ वाङसँग ६–४ ६–२ को सोझो सेटमा पराजित भइन् ।

विश्व वरियताको १९औं स्थानकी १७ वर्षीय गौफ वरियताको एक सय १२औं स्थानकी ३० वर्षीय वाङसँग हारिन् ।

वाङ गत वर्ष ओपनको पहिलो चरणबाटै बाहिरिएकी थिइन् । गौफ भने दोस्रो चरणसम्मको यात्रा तय गरेकी थिइन् ।

वाङले दोस्रो चरणमा बेल्जियमकी एलिसन भासविरुद्ध प्रतिस्पर्धा गर्नेछिन् ।

एलिसनले पहिलो चरणमा क्रिस्टिना बुस्कालाई ६–३ ६–४ को सोझो सेटमा पराजित गरिन् ।