अस्ट्रेलियन ओपन

स्भितोलिना दोस्रो चरणमा

मेलर्बन । फियोना फेरोलाई ६–१ ७–६ (७–४) को सेटमा पराजित गर्दै एलिना स्भितोलिना .वर्षको पहिलो ग्रान्डस्लाम– अस्ट्रेलियन ओपनको दोस्रो चरणमा प्रवेश गरेकी छिन् ।

सन् २०१८ र १९ मा लगातार क्वार्टरफाइनलमा पुगेकी स्भितोलिना गत वर्ष चौथो चरणबाट बाहिरिएकी थिइन् ।

विश्व वरियताको १६औं स्थानकी स्भितोलिनाले तेस्रो चरण प्रवेशका लागि हार्मोनी टानको सामना गर्नेछिन् ।

विश्व वरियताको एक सय १०औं स्थानकी टानले पहिलो चरणमा विश्व वरियताको ४३औं स्थानकी कजाखस्तानी युलिया पुटिनसेभालाई ६–३ ६–३ लाई पराजित गरिन् ।

सन् २०१७ को फ्रेन्च ओपनको डबल्सबाट ग्रान्डस्लाममा डेब्यु गरेकी टान पहिलो पटक अस्ट्रेलिया ओपन खेल्दैछिन् ।