अस्ट्रेलियन ओपन

क्रेजिकोभा अस्ट्रेलियन ओपनको दोस्रो चरणमा

मेलबर्न । विश्व वरियताको चौथो स्थानकी बार्बोरा क्रेजिकोभा अस्ट्रेलियन ओपनको दोस्रो चरणमा प्रवेश गरेकी छिन् ।

सोमबार मेलर्बन पार्कमा सम्पन्न पहिलो खेलमा क्रेजिकोभाले एन्ड्रिया पेट्कोभिचलाई ६–२ ६–० को सोझो सेटमा पराजित गरिन् ।

क्रेजिकोभा पछिल्लो वर्ष ओपनको डबल्सतर्फ फाइनलमा पुगे पनि सिगल्समा भने दोस्रो चरणबाटै बाहिरिएकी थिइन् । गतवर्षको डबल्स फाइनलमा क्रेजिकोभा र केटेरिना सिनियाकोभाको जोडी फाइनलमा एलिस मर्टेन्स र अर्यना सबालेन्काको जोडीसँग ६–२ ६–३ को सोभो सेटमा पराजित भएको थियो ।

गतवर्ष अस्ट्रेलियन ओपनको दोस्रो चरणबाटै बाहिरिए पनि क्रेजिकोभाले फ्रेन्च ओपनको उपाधि चुमेकी थिइन् । क्रेजिकोभाले सिंगल र डबल्समा गरि चार ग्रान्डस्लामको उपाधि जितेकी छिन् ।

दोस्रो चरणमा क्रेजिकोभाले जियु वाङको सामना गर्नेछिन् । वाङले पहिलो खेलमा भिक्टोरिया कुज्मोभालाई ७–३ ६–३ को सोझो सेटमा पराजित गरिन् ।