अस्ट्रेलियन ओपन

जोकोभिचको विवाद टेनिस, प्रतियोगिता र जोकोभिच स्वयमका लागि अनुचितः मुर्रे

मेलबर्न । एन्डी मुर्रेले नोभाक जोकोभिचको भिसा विवाद टेनिस, अस्ट्रेलिया ओपन र जोकोभिच स्वयमका लागि उचित नभएको बताएका छन् ।

विश्व वरियता नम्बर एक जोकोभिचको भिसा शुक्रबार दोस्रो पटक रद्द भएको थियो ।

‘यो समस्या लामो समयका लागि तानिएको जस्तो देखिन्छ । म समस्यामा रहेका जोकोभिचको विरुद्धमा बोल्दिन । म यसको समाधान होस् भन्ने चाहन्छु । यो जोकोभिच, अस्ट्रेलिया ओपन र टेनिस तीनैका लागि राम्रो होइन,’ पाँच पटकका मेलबर्न फाइनलिस्ट मुर्रेले भने ।

यस्तै टेनिस विश्व वरियता नम्बर एक तथा सन् २०१३ देखि २०१६ सम्म जोकोभिचको प्रशिक्षक रहेका बोरिस बेकरले जोकोभिच राजनीतिक खेलमा लागेको बताएका छन् ।

‘कुनै पनि खेलाडी प्रतियोगिताभन्दा ठुलो छैन । यो एक राजनीतिक खेल हो जसमा जोकोभिच संलग्न भएका छन् र यो निकै दुर्भाग्यपूर्ण हो,’ बेकरले भने ।