अस्ट्रेलियन ओपन

अस्ट्रेलियाद्वारा जोकोभिचको भिसा रद्द

मेलबोर्न । अस्ट्रेलियन सीमा बलले विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा रद्द गरिदिएको छ । अस्ट्रेलियन ओपनका लागि मेलबोर्न पुगेका जोकोभिचको भिसा रद्द भएसँगै त्यहाँका प्रधानमन्त्री स्कट मोरिस्सनले कोही पनि नियमभन्दा माथि नरहेको प्रतिक्रिया दिएका छन् ।

‘जोकोभिचको भिसा रद्द भएको छ, नियम भनेको नियम हो,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘विशेष गरी जब हाम्रो सीमाको कुरा आउँछ, नियमभन्दा माथि कोही हुँदैन ।’

अस्ट्रेलिनय ओपनका लागि मेलबोर्न पुगेका टेनिस स्टारको भिसा रद्द भएसँगै उनलाई फिर्ता पठाउने अस्ट्रेलियन सीमा बलले बताएको छ । सर्बियन टेनिस स्टार २१औं ग्रान्डस्लाम जित्दै कीर्तिमान बनाउने लक्ष्यसहित मेलबोर्न विमानस्थल पुगेका हुन् ।

अस्ट्रेलियन ओपन सुरु हुन ११ दिनमात्रै बाँकी रहँदा कोभिड १९ विरुद्धको खोप लगाए÷नलगाएको खुलस्त पार्न जोकोभिचसामु चुनौती बनेको छ ।