अस्ट्रेलियन ओपन

अस्ट्रेलियन ओपनमा शतप्रतिसत प्रदर्शन गर्नेमा आशावादी सित्सिपास

क्यानबेरा । विश्व वरियताको चौथो स्थानका स्टेफानो सित्सिपास वर्षको पहिलो ग्रान्डस्लाम– अस्ट्रेलियन ओपनमा शतप्रतिसत प्रदर्शन गर्नेमा आशावादी रहेको बताएका छन् ।

ग्रीसका २३ वर्षीय टेनिस स्टार सित्सिपासले एटिपी टुरमा अर्जेन्टिनाका डिएगो स्वाट्र्जम्यानसँग ६–७ (५–७) ६–३ ६–३ को सेटमा पराजित भएका थिए ।

सिड्नीमा सम्पन्न उक्त खेल सित्सिपासको कुहिनाको सर्जरीपछिको पहिलो खेल थियो । सित्सिपास कुहिनाको चोटका कारण दुई महिना कोर्ट बाहिर रहेका थिए ।

अस्ट्रेलियन ओपन मेलर्बनमा जनवरी १७ देखि सुरु हुदैँछ ।

‘रिकभरीका लागि पर्याप्त समय पाए । तर यसअघि म यस्तो इन्जुरीबाट गुर्जिएको थिइन । यदी डाक्टरको सल्लाहअनुरुप कार्य गर्ने हो भने मैले अस्ट्रेलियन ओपनमा शतप्रतिसत प्रदर्शन गर्न सक्षम हुनेछु,’ सित्सिपासले भने ।