अस्ट्रेलियन ओपन

आन्द्रेस्क्युले अस्ट्रेलियन ओपन नखेल्ने

सिडनी । बियान्सा आन्द्रेस्क्युले मानसिक स्वास्थमा केन्द्रित हुने जनाएसँगै उनले अस्ट्रेलियन ओपन २०२२ गुमाउने भएकी छिन् ।

दुई वर्ष अघि युएस ओपन जितेपछि नै आन्द्रेस्क्युले शारीरिक र मानसिक समस्यासँग जुधिरहेकी छिन् । आन्द्रेस्क्युमा कोभिड १९ पुष्टी भएपछि उनी नियमित प्रशिक्षणमा सहभागी हुन पाइनन् ।  उनकी हजुरआलाई पनि कोभिड १९ का कारण आइसीयुमा भर्ना गरिएको थियो ।

पूर्व विश्व नम्बर चारआन्द्रेस्क्युले मानसिक रुपमा थकान महसुस गरेकाले केही समयम अझै आराम गर्ने उदेश्यले वर्षको पहिलो ग्रान्ड स्लामको रुपमा रहेको अस्ट्रेलियन ओपनबाट नाम फिर्ता लिएकी हुन् । आन्द्रेस्क्युलेआगामी वर्ष थप बलियो बन्दै प्रतियोगितमा फर्कने बताइन । 

‘विविध कारणले मेरा लागि पछिल्लो दुई वर्ष निकै संघर्षपूर्णै रह्यो’, उनले ट्विट गरेकी छिन्, ‘यस वर्ष मैले कयौ साता आइसोलेसनमा बिताए । जसको प्रत्यक्ष असर मेरो प्रतियोगिता तयारीमा पर्यो । साथै मेरो हजुरआमामा पनि कोभिड १९ पुष्टी भएपछि आइसीयुमा भर्ना गर्नु पर्यो । त्यसले मलाई निकै दुःखी बनायो । जब म अभ्यासमा फर्किए, म स्वभाविक अवस्थामा थिइन । मैले मानसिक रुपमा दबाब महसुस गरे । त्यसैले मैले केही समयमा मानसिक थकानबाट मुक्त हुनका लागि प्रतियोगिताबाट नाम फिर्ता लिएकी हुँ । यद्धपी २०२२ का अन्य प्रतियोगितामा भने म सहभागी हुनेछु ।’