बोरिसलाई स्वर्ण पदक

काठमाडौं, (खेलाडी)- बोरिस अधिकारीले शुक्रबार दोश्रो टिम टेनिस नेपाल जेटिआई जुनियर ओपन टेनिस प्रतियोगिताको १२ वर्षमुनिको छात्र एकलमा स्वर्ण पदक जितेका छन् ।

टिम टेनिस नेपालद्वारा आयोजित प्रतियोगिताको फाइनलमा शुक्रबार बोरिसले दर्शिल श्रेष्ठलाई ६-१, ६-१ को सोझो सेटमा फाइनलमा पराजित गरे । 

सोही स्पर्धाको छात्रातर्फ उपाधि भिडन्तमा कर्मिष्ठा श्रेष्ठले समृद्धि महर्जनलाई २-६, ७-६, ७-५ को प्रतिस्पर्धात्मक नतिजामा हराउँदै स्वर्ण पदक हात पारिन । 

यसैगरी आठ वर्षमुनिको छात्रतर्फ विश्वविशेष दल्लाकोटी तथा छात्रामा अनुश्री ध्वजुले स्वर्ण पदक जितेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।