खेलमा केन्द्रित हुने समय आयोः राडुकानु

लन्डन, (खेलाडी)- युएस ओपन विजेता  इमा राडुकानुले आफुलाई बधाई दिने सबैप्रति धन्यवाद व्यत्त गर्दै पुनः खेलमा केन्द्रित हुने समय आएको बताइकी छिन् ।

करिययरको पहिलो ग्रान्ड स्लाम जितेपछि राडुकाकु पहिलो पटक कोर्टमा फर्कन लागेकी हुन् । १८ वर्षिया राडुकानुले इन्डियन वेल्सको दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछिन् ।

'निकै यादगार पल,' राडुकानुले भनिन्, ''मेरो लागि यो प्रतियोगिता नयाँ हो तर मैले अन्य खेल'डीबाट जुन प्रकरको आत्मियता पाएको छु त्यसको लागि विशेष आभारी छु । म अब जित लयको निरन्तरता चाहन्छु ।'

राडुकानु हाल प्रशिक्षकविहिन बनेकी छिन् । एन्ड्रियु  रिचार्डसनले उनको प्रशिक्षण छोडिसकेका छन् । त्यसैले इन्डियन वेल्समा उनलाई जेर्र्मी बेटस्ले प्रशिक्षण दिइरहेका छन् ।

'जर्मी बेलायत महिला टेनिसका सफल प्रशिक्षक हुन् ।अहिले उनले मलाई प्रशिक्षण दिइरहेका छन्, राडुकानुले भनिन्, छिट्टै मेरो स्थिायी प्रशिक्षक आउनेछन् । प्रशिक्षकको खोजी भैरहेको छ ।'