विश्व तेक्वान्दो च्याम्पियनसिप

विश्व तेक्वान्दो च्याम्पियनसिप ‘जी’ मा खड्का निर्णायक रहने

काठमाडौं । विश्व तेक्वान्दो च्याम्पियनसिप ‘जी’ मा सेकेन्ड क्लास अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।

बुल्गेरियाको राजधानी सोफियामा साउन १२ देखि १५ गतेसम्म हुने प्रतियोगिताको लागि खड्का आइतबार त्यसतर्फ प्रस्थान गर्नेछन् ।

साउन १७ देखि २२ गतेसम्म हुने जुनियरतर्फको खेलमा पनि खड्काले निर्णायक गर्नेछन् । प्रतियोगितालाई लक्षित गरेर साउन १० र ११ गते रेफ्री रिफ्रेसर कोर्स सञ्चालन हुनेछ । यसका लागि खड्का आइतबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

निर्णायकक भूमिका निर्वाह गर्नको लागि विश्व तेक्वान्दोले खड्कालाई छनोट गरेको जानकारी दिएका छन् । सो प्रतियोगितामा दक्षिण एसियाबाट खड्का एकमामत्र निर्णायकको रुपमा छनोट भएका हुन् ।

वैशाखपछि खड्काले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न लागेको यो पाँचौं पटक हो । यसअघि उनले दक्षिण कोरिया, अस्ट्रिया, स्विडेन र बेल्जियममा भएको प्रतियोगितामा निर्णायक गरिसकेका छन् ।