यूएसए कुकिवान तेक्वान्दो एक्स्पो

‘यूएसए कुकिवान तेक्वान्दो एक्स्पो’ २०२२ का लागि गोपाल र सञ्जीव अमेरिका प्रस्थान

काठमाडौं । तेक्वान्दोका निर्णायक एवं प्रशिक्षक गोपाल भण्डारी र सञ्जीव नेपाली अमेरिका प्रस्थान गरेका छन् । यही जुलाई १ र २ मा अमेरिकाको भर्जिनियामा आयोजना हुने ‘यूएसए कुकिवान तेक्वान्दो एक्स्पो’ २०२२ मा अफिसियल रेफ्री जर्जको भूमिका निर्वाह गर्न भण्डारी र नेपाली अमेरिका प्रस्थान गरेका हुन् ।

अमेरिकाकै बृहत प्रतियोगिता मानिने कुकिवान तेक्वान्दो एक्स्पोमा अफिसियल रेफ्री जर्जका लागि उनीहरु दुवैलाई आयोजकले नै छनोट गरेको बताइएको छ । कुकिवान तेक्वान्दो एक्स्पो ग्रान्डमास्टर एचके लीको अध्यक्षतामा आयोजना हुन लागेको हो ।

कुकिवान तेक्वान्दो एक्स्पोअन्तर्गत जुलाई २७ देखि जुन ४ सम्म मास्टर्स कोर्स, जुन ३ र ४ तारिखमा एक्जामिनर कोर्स र जुन १ र २ मा कुकिवान तेक्वान्दो च्याम्पियनसिप आयोजना हुने तेक्वान्दो प्रशिक्षक एवम् निर्णायक गोपाल भण्डारीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा विभिन्न मुलुकका एक हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।