अशोक खड्का

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक खड्का कोरिया जाँदै

काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का छुन छुन कोरिया ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न सोमबार दक्षिण कोरियाको जाने भएका छन् ।
    
जुन २९ देखि जुलाई ६ तारिखसम्म हुने प्रतियोगितामा खड्काले पुम्से र क्योरोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । खड्का पारा तेक्वान्दोको पनि अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

खड्का क्याडेट तथा जुनियर विश्व च्याम्पियनसिपका लागि पनि निर्णायकमा मनोनित भएका छन् । विश्व तेक्वान्दो (डब्लुटी) ले मनोनित गरेको खड्काले जानकारी दिए ।

क्याडेटको प्रतियोगिता जुलाई २८ देखि ३१ तथा जुनियरको अगष्ट २ देखि ७ तारिखसम्म बुल्गेरियाको सोफियामा हुँदैछ । उक्त प्रतियोगिताका लागि दक्षिण एसियाबाट निर्णायकमा मनोनित हुने खड्का एक्लो हुन् ।