खेलाडी सम्मान

तेक्वान्दो खेलाडी विश्वराज सम्मानित

काठमाडौं । कोटेश्वर तेक्वान्दो डोजाङले तेक्वान्दो खेलाडी विश्वराज श्रेष्ठलाई सम्मान गरेको छ । कोटेश्वर डोजाङकै खेलाडी विश्वराजलाई आइतबार सम्मान गरिएको हो ।
      
अस्ट्रेलियामा भएको दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दुई स्वर्ण पदक र एक कांस्य पदक जित्दै डोजाङका साथै देशको प्रतिष्ठा अभिवृद्धि गरेकोमा विश्वराजलाई सम्मान गरिएको डोजाङले जनाएको छ ।
     
विश्वराजले ब्रिसवेन खुला तेक्वान्दोमा दुई स्वर्ण पदक जितेका थिए । उनले क्योरोगीको ६८ केजीमुनि र स्पेशल फाइटमा समान एक स्वर्ण जितेका थिए । यस्तै, सिड्नी तेक्वान्दो च्याम्पियनसिपमा उनले कांस्य पदक जितेका थिए । दुवै प्रतियोगिता सन् २०१९ मा भएको थियो ।