तेक्वान्दाे

विश्व तेक्वान्दो पुम्से च्याम्पियनसिपमा नोर्बु निर्णायक

काठमाडौं । विश्व तेक्वान्दो पुम्से च्याम्पियनसिपमा तेक्वान्दो सहायक प्रशिक्षक नोर्बु लामाले निर्णायकको भूमिका निर्बाह गर्ने भएका छन् ।

दक्षिण कोरियाको गोयाङमा २१ अप्रिलदेखि सुरु हुने प्रतियोगिताको लागि सहायक प्रशिक्षक तथा निर्णायकको जिम्मेवारी पूरा गर्न लामा त्यसतर्फ जाँदैछन् । यो प्रतियोगिता पुम्सेतर्फको सबैभन्दा ठूलो च्याम्पियनसिप रहेको बताइएको छ ।

नोर्बुले यसअघि सन् २०२०, २०२१ र २०२२ मा एसियाली खुला प्रतियोगिता र २०२२ मा नै भएको विश्व तेक्वान्दो मुजु प्रतियोगितामा पनि निर्णायकको भूमिका निर्बाह गरिसकेका छन् । यस्तै, नोर्बुले अनलाइन प्रतियोगितामा पनि निर्णायकको जिम्मेवारी पूरा गरिसकेका छन् ।

नोर्बुले २०७७ मा पुम्से विधाको सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्रीको लाइसेन्स हासिल गरेका थिए ।

उनले सन् २००८ मा बैंकक, २०१२ मा मलेसिया, २०१२ र २०१५ मा चीन तथा २०१९ मा अस्ट्रेलियामा भएको अन्तर्राष्ट्रिय रेफ्री रिफ्रेसर कोर्समा सहभागी भएका थिए । २०१९ मा अस्ट्रेलियामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।