सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघ

सुदूरपश्चिम तेक्वान्दो संघको अध्यक्षमा शाही

काठमाडौं । सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघको अध्यक्षमा सुवास शाही निर्वाचित भएका छन् ।

शनिबार धनगढीमा भएको प्रथम प्रदेश अधिवेसनबाट शाही अध्यक्षमा चुनिएसँगै नयाँ कार्यसमिति गठन भएको छ ।

कार्यसमितिको उपाध्यक्षतामा केशव भट्ट र सरोज चौधरी, महासचिवमा पदमविक्रम सिंह, कोषाध्यक्षमा दिपेन्द्र कुँवर, सचिवमा श्रीराम चौधरी रहेका छन् ।

यस्तै, कार्यसमितिको सदस्यमा जेपी चन्द, रमेश कुमाल, कमल पनेरु, यज्ञराज ओझा, धनन्जय जैशी, लोकबहादुर बुढा, नरेन्द्र जैशी, धनन्जय रिमाल, कमल कार्की र गजेन्द्र डगौरा छन् ।