आईओएफटीसी

च्यासल तेक्वान्दो डोजाङलाई आइओएफटिसीको सहयोग

काठमाडौं । अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) ले च्यासल तेक्वान्दो डोजाङलाई खेल सामाग्री सहयोग गरेको छ ।

आइओएफटिसी टिम नेपाल मार्फत करिब १ लाख रुपैयाँ बराबरको म्याट च्यासललाई प्रदान गरेको हो । टिम नेपालले च्यासलका डोजाङ प्रमुख रामचन्द्र ब्यञ्जनकारलाई सोमबार एक कार्यक्रमबीच म्याट हस्तान्तरण गरे ।