टेबल टेनिस

सम्झना कप टेबल टेनिस प्रतियोगिता माघमा

काठमाडौं । ललितपुर टेबल टेनिस क्लबको आयोजनामा पाँचौ सम्झाना कप टेबल टेनिस प्रतियोगिता माघमा हुने भएको छ ।

आयोजनकले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघको १७ देखि २१ सम्म लैनचौरस्थित राष्ट्रिय टेबल प्रशिक्षण केन्द्रमा हुने जनाकारी दिएको हो ।

आयोजनकका अनुसार प्रतियोगितामा नेपाली खेलाडी मात्र नभएर भारतका नौ, बेलायतका दुई तथा फ्रान्स र पोर्चुगलबाट समान एक खेलाडीले भाग लिनेछन् ।  

प्रयितोगितामा मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स टिम, वुमेन्स टिम, मेन्स भेट्रान ( ४० वर्ष माथि), वुमेन्स भेट्रान (४० वर्ष माथि) र मेन्स भेट्रान सिंगल (५५ वर्ष माथि ) गरी कुल सात विधामा प्रतिस्पर्धा हुनेछ । 
 

प्रतियोगितामा पुरुषतर्फ दुई सय तथा महितातर्फ ५६ खेलाडीको सहभागिता रहनेछ । 
 

मेन्स सिंगल तथा वुमन्स सिंगलको विजेताले ५० हजार, उपविजेताले २५ हजार तथा सेमिफाइनबाट बाहिरिने दुई खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।  मेन्स टिम तथा वुमेन्स टिमतर्फ पनि यही पुरस्काको ब्यवस्था गरिएको छ ।

यसैगरी भेट्रानतर्फको विजेतालाई २० हजार, उपविजेतालाई १० हजार र सेमिफाइन्लबाट बाहिरिने दुई खेलाडीलाई समान पाँच हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा सम्झना ल्याबोरेटोरी क्लिनिक प्रा.लि रहेको छ ।