दक्षिण एसियाली जुनियर टेबल टेनिस च्याम्पियनसिप

दक्षिण एसियाली जुनियर टेबल टेनिसमा नेपालले बंगलादेशलाई हरायो

माले । दक्षिण एसियाली जुनियर टेबल टेनिस च्याम्पियनसिप अन्तर्गत गर्ल्स डबल क्याडेटमा नेपाली टोलीले बंगलादेशलाई ३ः० ले पराजित गरेको छ ।

सोमबार भएको खेलमा नेपाली टोलीका इभाना थापामगर र वियान्का राईले बंगलादेशी टोलीलाई हराएका हुन् ।

वैशाख २५ गतेदेखि २९ गतेसम्म चल्ने प्रतियोगितामा क्याडेट र जुनियरमा गरी नेपालका १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

क्याडेटको ब्वाइजतर्फ प्रिन्स थापा र उज्वल मानन्धर छन् भने गर्ल्समा इभाना र वियंका छन् ।

यस्तै, जुनियरको ब्वाइजमा संयोग कपाली, सुजन गडाल र रुविन महर्जन छन् । गर्ल्समा अन्जु सुवाल शुभश्री श्रेष्ठ र मन्जु सुवाल छन् ।