टेबलटेनिस टोली शुक्रबार दोहा प्रस्थान गर्दै

कठमाडौं, (खेलाडी) - दोहोमा शनिबारबाट हुने २५ औंं एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली  टेबल टेनिस टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछ । 

प्रतियोगितामा सहभागी खेलाडी तथा अफिसियलाई बिहिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच बिदाइ गरे ।

सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म दोहामा हुने प्रतियोगिताको पुरुषतर्फ स्यान्टु श्रेष्ठ, विनेश खनियाँ र अमरलाल मल्ल सहभागी हुने छन् । महिलातर्फ एलिना महर्जन, सिक्का सुवाल र इभाना थापा छन् ।

नेपाली खेलाडीले विभिन्न सात स्पर्धामा सहभागिता जनाउने अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ ।