कराते

नेपाली कराते टोली बंगलादेश प्रस्थान

काठमाडौं।  यही जनवरी १३ देखि हुने चौथो अन्तराष्ट्रिय कराते प्रतियोगिता–२०२३ मा सहभागी हुन नेपाली कराते टोली बुधबार बंगलादेश प्रस्थान गरेको छ । 

उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका सचिव एवं प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गी (ईश्वर) ले गर्ने छन् ।  टिम ब्यवस्थापकमा नेपाल सितोरियो कराते संघका कार्यलय प्रमुख राजेन्द्र कुमार क्षेत्री, टिम कोचमा रामकुमार थारु, रेफ्रीमा साईला गमाल र अफिसियलमा पुष्पराज गिरी रहेका छन् ।

यसैगरी राजनकुमार पाईजा,लक्ष्मण पुन,बिजल पाईजा,गणेश पाईजा,सिताराम लामा,अमृत लामा,तेजिन्द्र पाईजा,मन्दिप खड्का,देवकुमार तामाङ,श्री किशुन शाह, रामदास गोपाली,समित महर्जन, प्रेमप्रसाद नेपाल,पहलमान महर्जन,शम्भु नेपाली,पशुपति बुढा,बिनुमाया तामाङ र हेमा खड्काले आ–आफ्नो तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।
 

टोलीलाई नेपाल कराते महासंघका कार्यवाहक दावा गुरुङले एक कार्यक्रमबीच बिदाई गरे । टोली सोमबार स्वदेश फर्कनेछ।