मार्शल आर्टस

चित्लाङमा कराते प्रतियोगिता

काठमाडौं । नेपाल सितोरियो कराते डो संघ, स्वच्छन्द्र भैरव शाखा डोजोको आयोजनामा प्रथम स्वच्छन्द्र भैरव नगरस्तरीय खुल्ला कराते प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ १० र महिलामा आठ गरि १८ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख प्रशिक्षक एवं प्रतियोगिता संयोजक रोशन बलामीले जानकारी गराएका छन् ।

प्रतियोगितामा करिब ३ सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगिता सह–संयोजक सम्राट बलामीलाई उद्यृत गर्दै राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । एकदिने प्रतियोगिताका खेलहरु मकवानपुरको चित्लाङमा हुनेछ ।