राष्ट्रिय रेफ्री सेमिनार

रेफ्री सेमिनार सुरु

काठमाडौं । नेपाल कराते महासंघअन्तर्गतको राष्ट्रिय रेफ्री कमिसनको आयोजनामा नवौं राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षा हेटौंडामा बुधबारदेखि सुरु भएको छ ।

सेमिनारमा २ सय भन्दा बढीको सहभागिता रहेको बताइएको छ । सेमिनारको औपचारिक उद्घाटन भने बिहीबार मात्र हुने छ । सेमिनारका लागि दक्षिण एसियाली कराते महासंघका अध्यक्ष एचएम सिसिरा कुमारा बिहीबार नेपाल आउदै छन् । सेमिनार भदौ ४ गतेसम्म चल्ने छ ।