राखेप

श्रेष्ठलाई सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी

काठमाडौ. । राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता दीपक श्रेष्ठलाई सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

सहायक प्रशिक्षकमा कार्यरत श्रेष्ठलाई बिहीबारको सचिवस्तरिय निर्णय अनुसार समान श्रेणी, पद र सुविधा कायम रहने गरि सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरिएको हो ।

राखेपमा  आइतबार एक कार्यक्रमकाविच तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बि.क.ले श्रेष्ठलाई कार्यकाल सफलताको शुभकामना सहित नयाँ जिम्मेवारीको पत्र प्रदान गरेका थिए । 
श्रेष्ठलाई सोहि मिति देखि लागु हुने गरि तालिम तथा प्रशिक्षण विभागमा रहि कामकाज गर्ने गरि पत्र प्रदान गरिएको छ । सो अवसरमा उपनिर्देशकद्वय हिमाल दाहाल र प्रचण्ड शर्माले पनि श्रेष्ठलाई शुभकामना प्रदान गरेका थिए । 

यस्तै नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ “बोस” ले पनि श्रेष्ठलाई शुभकामना प्रदान गरेका थिए ।

२०५४  सालमा सहायक प्रशिक्षकको रुपमा करारमा परिषद्को सेवामा प्रवेश गरेका श्रेष्ठ २०६१ सालमा स्थायी भएका थिए । ललितपुर जिल्ला खेलकुदल विकास समितिमा कार्यरत श्रेष्ठले राष्ट्रिय खेलाडीहरुलाई प्रशिक्षण गर्दै आईरहेका छन् ।