कराते

राष्ट्रिय खुल्ला फुल कन्ट्याक्ट कराते भदौं पहिलो साता

काठमाडौं । नेपाल केनशिनकान कराते संघको आयोजनामा भदौ चार गते बनेपमा राष्ट्रिय खुल्ला फुल कन्ट्याक्ट कराते प्रतियोगिता २०७९ हुने भएको छ ।

प्रतियोगितमा पुरुष ३५ केजी मुनि, ४५ केजी  मुनि, ५५ केजी मुनि, महिलातर्फ ३५ केजी मुनि, ५० केजी मुनि र खुल्ला तौल समूह गरि कुल सात तौल समूहमा  प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितमा विभागिय क्लब, विभिन्न कराते संघ र डोजोबाट  करि दुई सय ५० खेलाडीहरुको सहभागिता रहने बताइएको छ  । प्रत्येक तौल समूहको विजेताले १५ हजार रुपैयाँ, दोस्रो स्थानको खेलाडीले १० हजार रुपैयाँ र तेस्रो स्थानका दुई खेलाडीले समान पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

संघका महासचिव राजन खत्रीले उदियमान कराते खेलाडी उत्पादन गर्दै जाने र वर्तमान खेलाडीहरुलाई प्रतियोगिताको माध्यमबाट आफ्नो क्षमता प्रदर्शनमा हौसला प्रदान गर्ने यस केनशिनकान कराते आयोजना गर्न लागेको बताए ।