कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता

कराते प्रतियोगितालाई लि–निङ र सान सोजुको साथ

काठमाडाैं। प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितालाई लि–निङ र सान सोजुुले मुख्य प्रायोजन गर्ने भएका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद र ललितपुर जिल्ला डोजो, लगनखेलको संयुक्त आयोजनामा चैत २४ गतेदेखि हुने प्रतियोगितालाई स्पोर्टस् र फेसनको ख्याती प्राप्त संस्था लि–निङले तीन लाख ४५ हजार रुपैंया र पाँच लाख बराबरको खेल सामग्री गर्नेछ । यस्तै, कोरियन फास्ट फुड कम्पनी सान सोजुले तीन लाख रुपैंया प्रदान गर्ने शुक्रबार पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिए ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम सहभागी हुनेछन् ।

प्रतियोगितामा १७ तौल समूहमा दुई सय १० खेलाडी सहभागी हुनेछन् । जसमा महिलातर्फ आठ, पुरुषतर्फ नौ तौल समूह र टिम इभेन्टसहित प्रत्येक टिमबाट २१ हुनेछन् ।

प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैंया प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको महिला र पुरुष सर्वाेत्कृष्ट खेलाडीले जनही १५ हजार रुपैंया पाउने नेपाल सितारियो संघका अध्यक्ष दीपक श्रेष्ठले बताए ।