खेलाडी सम्मान

मन्देकाजी र मुकुन्द सम्मानित

काठमाडौं । गत अक्टोबर दुई र तीनमा जर्मनीमा सम्पन्न चेन्मिज ओपन कराते प्रतियोगितामा स्वर्ण पदक जितेका मन्देकाजी श्रेष्ठ र मुकुन्द महर्जन सम्मानित भएका छन् ।

चेन्मिज ओपनको एकल कातातर्फ र ३५ बर्ष माथिमा स्वर्ण पदक बिजेता मन्देकाजी श्रेष्ठ तथा ७५ केजितर्फ कास्य पदक र ३५ बर्ष माथि स्वर्ण पदक बिजेता मुकुन्द महर्जनलाई शुक्रबार कर्मा कन्स्ट्रक्सनले सम्मान गरेको हो ।

कार्यक्रममा पदक बिजेता खेलाडीहरुलाई कर्मा कन्स्ट्रक्सन अध्यक्ष, युवा व्यवसायी तथा पुर्व कराते खेलाडी रबि महर्जनले सम्मान पत्रसहित सम्मान गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष महर्जनले कन्स्ट्रक्सनले खेलाडीहरुको हौसलाका लागि खेलकुद क्षेत्रमा सधै साथ र सहयोग गर्दै जाने समेत बताए ।