मेयरकप अन्तरनगर कराते प्रतियोगिता

अन्तरनगर कराते प्रतियोगिता हुने

काठमाडाै‌ । वादोकाइ कराते डो संघ  नेपालको आयोजना र तार्केश्वोर  नगरपालिकाको सहयोगमा प्रथम मेयरकप अन्तरनगर कराते प्रतियोगिता २०७८ फागुनको २० र २१ मा  हुने भएको छ।

शुक्रबारबाट आयोजना हुने प्रतियोगिता तार्केश्वोर नगरपालिकाको धार्मिक महत्त्व रहेको प्राचीन स्थान मनमैजुको मन्दिर प्रङगणमा हुनेछ । 

दुई दिने प्रतियोगिता जम्मा १४ स्वर्ण पदकको निम्ति प्रतिस्पर्धा हुने भएको छ। प्रतियोगितामा नेपालभरका जम्मा ३८ वटा नगरपालिकाको ५०४ जना खेलाडीहरुको सहभागिता रहने वादोकाइ कराते डो संघका प्रवक्ता तथा महासचिव बिकाश राजबाहकले जनाएका छ्न् ।