कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता

प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता हुने

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद र जिल्ला प्रमुख ललितपुर डोजो, लगनखेको सयुक्त आयोजनामा ‘प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता’ गर्ने भएको छ ।

चैत २४ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई नेपाल कराते महासंघले सहयोग गर्नेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीसहित १० टोलीको सहभागिता रहने छ । प्रतियोगितामा २१ तौल समुहका एक सय महिला र एक सय १० पुरुषसहित दुई सय १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसमा महिलातर्फ १० तौल समुह र पुरुषतर्फ ११ तौल समुहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सहभागी खेलाडीले २१ स्वर्ण, २१ रजत र ४२ काश्यका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसै वर्षको सेप्टेम्बरमा हुने १९औं एसियाली खेलकुदलाई मध्यनजर गर्दै प्रारम्भिक तयारीका लागि प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।