बास्केटबल

पुरुष बास्केटबलमा एपिएफ र गण्डकी च्याम्पियन

पोखरा।नवौं राष्ट्रिय खेलकुदको पुरुष बास्केटबलतर्फ स्थानीय टिम गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लब च्याम्पियन बनेका छन् । बिहीबार पोखरास्थित बास्केटल कोर्टमा सम्पन्न फाइनलमा फाइभ अन फाइभतर्फ गण्डकीलाई ८१-७९ को नतिजामा पराजित गर्दै विभागीय टिम एपिएफ च्याम्पियन बन्यो ।

यस्तै, थ्री बाइ थ्रीतर्फ एपिएफलाई नै २१-१६ ले पराजित गर्दै गण्डकीले स्वर्ण पदक जितेको छ ।

यसअघि फाइभ अन फाइभको कास्य पदकका लागि भएको प्रतियोगितामा आर्मीले  बागमतीलाई ७८-६० को नतितामा पराजित गर्दै कास्य पदक जितेको थियो ।

यसअघि बागमतीले त्रिभुवन आर्मी क्लबलाई १९-१५ को नतिजामा पराजित गरेर तेस्रो स्थान हासिल गरेको थियो । गत २८ गतेदेखि पोखरा रंगशालामा सुरु भएको बास्केटबलमा ३ विभागीय टोली सहित १० टिमको सहभागिता रहेको थियो ।