थ्री बाइ थ्री बास्केटबल

थ्री बाइ थ्री महिला बास्केटबलमा पनि गण्डकीलाई कास्य

तनहुँ । तेस्रो स्थानका लागि बुधबार बिहान भएको खेलमा बागमती प्रदेशलाई ९–७ को नतिजामा पराजित गर्दै गण्डकी प्रदेशले थ्री बाइ थ्री महिला बास्केटबलमा कास्य पदक जितेको छ ।

तनहुँमा मंगलबार बिहान त्रिभुवन आर्मीसँग पराजित भएसँगै गण्डकी स्वर्ण पदक यात्रामा असफल भएको थियो । यस्तै दोस्रो सेमिफाइनलमा सशस्त्र प्रहरी बलको एपिएफसँग पराजित भएपछि बागमतीसँग कम्तिमा कास्य जित्ने मौका थियो ।

यद्यपि, स्थानीय टिमले शनिबार बागमतीलाई पराजित गर्दै कास्य पदक जित्यो । बुधबार बिहान नै भएको फुलकोर्ट महिला बास्केटबलमा पनि गण्डकीले नै सुदूरपश्चिम प्रदेशलाई पराजित गरेर कास्य जितेको थियो ।