बास्केटबल

महिला बास्केटबलमा सुदूरपश्चिम प्रदेश विजयी

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला बास्केटबलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ४५–२१ को फराकिलो नतिजामा पराजित गरेको छ ।

 आइतबार तनहुँ दमौलीको निर्मल मावि स्कुलको बास्केटबल कोर्टमा भएको हाबी देखिएको सुदूरपश्चिमले तीन वटा क्वार्टरमा प्रभुत्व जमाएको थियो ।

क्वार्टरमा सुदुरपश्चिमले १२–३ को अन्तर बनाएको हो । दोस्रो प्रतियोगितामा ११–७ को अन्तर बनाएको थियो । तेस्रो चरणमा भने निकै प्रतिस्पर्धात्मक खेल प्रर्दशन गर्दे दुबै टिमले ६–६ अकं जोडेको थियो । अन्तिम चरणमा भने सुदुपश्चिमले उत्कृष्ट प्रर्दशन गरि १६–५ को अकं जोडदै मधेस प्रदेशलाई पराजित गरको हो ।

यसअघि सुदुरपश्चिम प्रदेश र मधेस प्रदेश आर्मीसंग पराजित भएको थियो ।