बास्केटबल

बास्केटबलमा गण्डकी, एपीएफ र आर्मी विजयी

पोखरा । थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेश, एपीएफ र त्रिभुवन आर्मीले जित हासिल गरेका छन् ।

आइतबार बिहान भएको खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १७-७ अंकले पराजित गरेको हो । प्रतियोगितामा गण्डकीकी स्मृत गुरूङले सर्वाधिक ७ अंक जोडेकी थिइन् ।

यसैगरी एपीएफले प्रदेश–१ लाई २१–५ र आर्मीले बागमती प्रदेशलाई १२–४ अकंको अन्तरमा पराजित गरेका थिए ।