बास्केटबल

महिला बास्केटबलमा आर्मीको लगातार दोस्रो जित

पोखरा । नवौ राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँ जिल्लामा जारी महिला बास्केटबलमा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकालेको छ ।

शनिबार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशमाथि ६८–३० अंकको अन्तरमा जित हासिल गरेको हो ।

प्रतियोगिताको पहिलो चरणमा आर्मीले सुदूरपश्चिमविरूद्ध १७–५ को अन्तर बनाएको थियो । दोस्रो, तेस्रो र चौथो चरणमा पनि आर्मीले निरन्तर अग्रता कायम गरेको थियो । जहाँ आर्मीले १५–३, २२–१० र २४–१२ अंक जोडेको थियो ।

यसअघिको (शुक्रबार) उद्घाटन खेलमा आर्मीले मधेस प्रदेशलाई ७१–१३ को फराकिलो अन्तरमा पराजित गरेको थियो ।