बास्केटबल

थ्री बाइ थ्री बास्केटबलमा बागमती र आर्मी विजयी

पोखरा । नवौं राष्ट्रिय खेलकुदको थ्री बाइ थ्री महिला बास्केटबलमा विभागीय टिम त्रिभुवन आर्मी र बागमती प्रदेशले विजयी सुरुआत गरेका छन् ।

शनिबार बिहान भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई १४–७ अंकले पराजित गर्यो । आर्मीको जितमा जेनिसा श्रेष्ठले ८ अंक जोडेकी थिइन् ।

यस्तै, बागमती प्रदेशले मधेस प्रदेशलाई फराकिलो अन्तरसहित जित हासिल गरेको छ । खेलमा बागमतीले मधेस प्रदेशलाई १४–२ अंकले पराजित गर्यो । बागमतीको जितमा आस्था चौधरीले ८ अंक जोडेकी थिइन् ।