महिला बास्केटबल

महिला बास्केटबलमा बागमतीसँग हार्यो प्रदेश–१

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलमा शनिबार बागमती प्रदेशले प्रदेश नम्बर १ लाई ७५–२४ को फराकिलो अन्तरमा पराजित गरेको छ ।

पहिलो क्वार्टरमा बागमतीले १७–६ को अग्रता बनाएको थियो । दोस्रा क्वार्टरमा पनि हाबी बनेको बागमतीले २३–३ को फराकिलो अन्तर बनाएको थियो । त्यसपछिको तेस्रो र चौथो क्वार्टरमा बागमतीले क्रमश: २२–८ र १३–९ को नतिजासहित सहज जित दर्ता गर्यो ।

बागमतीका लागि विना मणि योञ्जनले सर्वाधिक १३ अंक जोडिन् ।