साबा महिला बास्केटबल च्याम्पियनसिप

श्रीलंका च्याम्पियन, नेपाल पुनः उपविजेता

काठमाडौं  । साबिकको विजेता श्रीलंकाले घरेलु टोली माल्दिभ्समाथि ७५–५९ को जित निकालेसँगै साबा महिला बास्केटबल च्याम्पियनसिपको विजेता बन्ने नेपालको लक्ष्यले पूर्णता पाएन ।

 प्रतियोगितमा नेपाल, माल्दिभ्स, भुटान र श्रीलंकागरि चार टोली सहभागी थिए । राउन्ड रोबिन पद्दतीपछि शीर्ष स्थानमा रहेको श्रीलंका च्याम्पियन बन्यो ।

पहिलो खेलमा माल्दिभ्सलाई ५१–४७ को नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ५५–४९ ले हराएको थियो । तेस्रो खेलमा बुधबार भुटानमाथि ३५–२६ को जितसहित नेपालले यस पटक च्याम्पियन बन्ने सम्भावना जीवित राखेको थियो।

तर श्रीलंकाले माल्दिभ्सलाई हराएसँगै नेपालको च्याम्प्यिन बन्ने लक्ष्यले पूर्णता पाएन । दक्षिण एसियाली बास्केटबल संघ (साबा) महिला बास्केटबल च्याम्पियनसिपको यो दोस्रो संस्करण हो ।

यसअघि सन् २०१६ मा नेपालमा भएको पहिलो संस्करणको फाइनलमा श्रीलंकासँग पराजित हुँदा नेपाल उपविजेता बनेको थियो ।