साबा महिला बास्केटबल

माल्दिभ्ससँग हार्यो नेपाल

काठमाडौं । साबा महिला बास्केटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल माल्दिभ्सँग पराजित भएको छ । माल्दिभ्समै आइतबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा घरेलु टिमसँग ५१–४७ को नतिजामा पराजित भयो ।

प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा सम्हालिन नसक्दा नेपालले हार टार्न सकेन । चार राष्ट्रको सहभागिता रहेको प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपाललले मंगलबार श्रीलंकाको सामना गर्नेछ । यस्तै, नेपालले अन्तिम खेल बुधबार भुटानसँग खेल्ने छ ।