केभीकेएसएस अन्तरविद्यालय बास्केटबल

रेडिअन्ट प्रिक्वार्टरफाइनलमा

काठमाडौं । रेडिअन्ट चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

रेडिअन्टले एन्जल्स हार्टलाई ४४-२४ ले पराजित गर्यो । रेडिअन्टका सागर लामिछानेले १४ अंक जोडे । सिनियर ब्वाइजमै प्राणजलीले आयोजक केभीकेएसएसलाई ३४-११, लोयल्टीले क्लिन्टनलाई ५८-४ र भ्याली पब्लिकले विन्डीलाई ५६-१८ ले हराउदै प्रिक्वार्टरफाइनलमा पुगे । प्राणजलीका तौसिन अन्सारीले १८, लोयल्टीका सन्दिप शेरचनले २० र भ्याली पब्लिकका लामा छिरिङले १३ अंक जोडे ।

सिनियर गर्ल्समा ग्रिनल्यान्डले क्वार्टरफाइनलमा स्थान सुरक्षित ग¥यो । ग्रिनल्यान्डले विन्डीलाई १७-१३ ले पाखा लगायो । ग्रिनल्यान्डकी जेनिशा श्रेष्ठले ८ स्कोर गरिन् ।