केभीकेएसएस अन्तरविद्यालय बास्केटबल

केभीकेएसएस बास्केटबल मंगलबारदेखि

काठमाडौं। काठमाडौं विद्याकुञ्ज सेकेन्डरी स्कुलको आयोजनामा चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा जम्मा ३६ टिमको सहभागिता रहने केभीकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन्। सिनियर ब्वाइजमा २४ तथा सिनियर गर्ल्समा १२ टिमले लिग कम नकआउट पद्दतिमा प्रतिस्पर्धा गर्ने छन् ।

ब्वाइज टिमलाई ८ तथा गर्ल्सलाई ४ समूहमा विभाजन गरिने छ । ब्वाइजतर्फ प्रत्येक समूहको शीर्ष दुई टोली प्रिक्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । गर्ल्सको समूह विजेता र उपविजेता क्वार्टरफाइनलमा पुग्नेछन् । भदौ २२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ ।